ओली-प्रचण्डबीचको वार्ता निष्कर्षविहिन | ईमाउण्टेन समाचार

Our Network

भदौ १ २०८३, मंगलबार

ओली-प्रचण्डबीचको वार्ता निष्कर्षविहिन

oli-prachanda

काठमाडौं, ६ फागुन । निर्णयक भनिएको एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीचको वान टू वान वार्ता निष्कर्षविहिन भएको छ ।

ओली र दाहालबीच आज बी एण्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंको भक्तपुरको ठिमीस्थित निवासमा भएको वार्तामा एकीकृत पार्टीको कार्यदिशाका साथै माओवादी केन्द्रलाई सरकारमा सहभागि गराउने विषयमा छलफल भएपनि कुनै निष्कर्ष निस्किएको ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

अधिकारीले वार्ता सकारात्मक भएको र थप छलफल गर्नेगरी सकिएको जानकारी दिए । सहमति नभएपछि माओवादी तत्काल सरकारमा नजाने भएको छ । आजको वार्तामा ओलीले माओवादीबाट सरकारमा सहभागि हुनेको नाम पठाउन दाहालसँग आग्रह गरेका थिए । तर, दाहालले पार्टी एकताको विषयमा सहमति नभएसम्म सरकारमा सहभागि नहुने जवाफ दिएको बताइएको छ ।