को हुन् पद्मरत्न तुलाधर ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

को हुन् पद्मरत्न तुलाधर ?

padmaratna-tuladhar

काठमाडौं, १९ कात्तिक । पूर्वमन्त्री एवं मानव अधिकारकर्मी तथा नागरिक समाजका अगुवा पद्मरत्न तुलाधरको ७८ वर्षको उमेरमा निधन भयो । उनको सोमबार दिउँसो रजाधानीको शोभा भगवतीमा अन्तिम संस्कार गरिएको छ । दुई पटक सांसद र एक पटक स्वास्थ्य मन्त्री समेत भएका तुलाधरको राजनितिक यात्रा सदैव संघर्षरत र महत्वपुर्ण भुमिकामा रहयो ।

पूर्वमन्त्री एवं मानव अधिकारकर्मी तथा नागरिक समाजका अगुवा पद्मरत्न स्वर्गीय तुलाधर मानवअधिकारवादी तथा वामपन्थी नेता हुन् । नेपालमा बहुदलीय व्यवस्थाको पुनःस्थापना गर्ने अभियानमा आफनो जीवनको लामो समय खर्चिएका तुलाधर वि.सं २०४२ मा नेकपा (माले) को समर्थनमा राष्ट्रिय पञ्चायत सदस्यमा उठाइएपछि चर्चाको शिखरमा पुगेका थिए । उनी राष्ट्रिय पञ्चायतमा बहुदल माग गर्दै आन्दोलन गर्ने नेताका रूपमा चिनिन्छन् ।

तुलाधर २०४३ सालको राष्ट्रिय पञ्चायत निर्वाचनमा पहिलोपटक भाग लिएका थिए । तत्कालीन नेकपा एमालेको समर्थनमा वि.सं २०४८ र विस २०५१ मा काठमाडौँबाट प्रतिनिधिसभाको सदस्यमा निर्वाचित तुलाधर एमाले सरकारको पालामा वि.सं २०५१ मा श्रम तथा स्वास्थ्यमन्त्री भएका थिए । राष्ट्रिय पञ्चायतको सदस्यका लागि त्यसबेला जनपक्षीय उम्मेदवार हुँदा सूर्य चिह्न लिएका तुलाधरकै सूर्य चिह्न तत्कालीन नेकपा(एमाले) र हाल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले लिएको छ ।

काठमाडौंका रैथाने तुलाधर चालीसको दशकअघि भाषिक अधिकारकर्मीका रुपमा समेत परिचित थिए । पछि एमाले नजिक भए । त्यसपछि माओवादीनिकट भनेर चिनिए । त्यससँगै उनले पहिचानवादी आन्दोलनका अभियन्ताको दह्रो पहिचान बनाएका थिए । तुलाधरले तत्कालीन विद्रोही नेकपा (माओवादी) लाई शान्ति वार्तामा ल्याउने सहजकर्ताको भूमिका निर्वाह गरेका थिए ।

देश संघियतामा जाँदै गर्दा पहिचानबादी आन्दोलनमा होमिएका तुलाधर जातीय नाराका कारण भने केही ओलाचीत बन्न पुगेका थिए । संघियताको सिमाकंन र नामाकरणमा उनले कहिले तात्कालिन माओवादी केन्द्र त कहिले संघिय समाजबादी पार्टीको समर्थनमा सडक आन्दोलनमा भाग लिएका थिए । तुलाधरसँग ‘नेपाल भाषा’ पत्रिकाका सम्पादक भई लामो समयसम्म पत्रकारिता गरेको पनि अनुभव छ ।

त्यस्तै नेपाल संवतलाई राष्ट्रिय संवत् तथा शङ्खधर साख्वालाई राष्ट्रिय विभूति घोषणाको मान्यता दिलाउन पनि उनले सङ्घर्ष गरे । र, सफल भए । उनका नेपाल भाषामा थुप्रै नाटक (ख्यालः), निबन्ध आदि गरी १६ पुस्तक प्रकाशित छन् ।

यसरी नेपालको राजीनितिक, सामाजिक, सांस्कृतिक र पहिचानको आन्दोलनमा अमूल्य जीवन अर्पण गरेका तुलाधरले अन्ततः आइतबार सबैलाई छाडेर गए । तुलाधरका श्रीमती, दुई छोरा र दुई छोरी छन् । उनको सोमबार शोभाभगवतीमा अन्तिम संस्कार गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);