मानव अधिकारवादी नेता पद्मरत्न तुलाधरको उपचारका क्रममा निधन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

मानव अधिकारवादी नेता पद्मरत्न तुलाधरको उपचारका क्रममा निधन

padma_ratna-tuladhar

प्रधानमन्त्री ओलीद्धारा तुलाधरको निधनप्रति दुख ब्यक्त :

काठमाडौं, १८ कात्तिक । मानव अधिकारवादी एवं वरिष्ठ वामपन्थी नेता पद्मरत्न तुलाधरको निधन भएको छ । तुलाधरको ७७ वर्षको उमेरमा काठमाडौंको थापाथली स्थित नर्भिक अस्पतालमा आइतबार उपचारका क्रममा निधन भएको हो । स्वास्थ्यमा समस्या आएपछि तुलाधर केही दिन अघि अस्पताल भर्ना भएका थिए ।

उच्च रक्तचाप र मधुमेहको समस्याबाट पीडित तुलाधरको पछिल्लो समय फोक्सोमा पनि समस्या देखिएको थियो । मष्तिस्कघात भएर कात्तिक ९ गते राजधानीको अन्नपूर्ण न्युरो अस्पताल भर्ना भएका तुलाधरको मृगौलाले काम गर्न छाडेपछि ५ दिनअघि नर्भिक अस्पताल लगिएको थियो ।

तुलाधरको निधनप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले दुख व्यक्त गरेका छन् । आइतबार ट्विटरमार्फत उनले तुलाधरले नेपालको वाम आन्दोलनमा पुर्याएको योगदान सदा स्मरणीय रहने उल्लेख गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);