प्रचण्डले गरे भैरहवामा निर्माणधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको स्थलगत अवलोकन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

प्रचण्डले गरे भैरहवामा निर्माणधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको स्थलगत अवलोकन

prachanda

काठमाडौं, १८ कात्तिक । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भैरहवामा निर्माणधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको शनिबार स्थलगत अवलोकन गरेका छन् ।

नेकपाले बुटवलमा आयोजना गरेको कार्यक्रममा सहभागी हुन आएका अध्यक्ष प्रचण्डले अवलोकन पछि आयोजना र ठेकेदार पक्षसँगको छलफलमा थप गरिएको समयावधि भित्र निर्माण सम्पन्न गर्न निर्देशन समेत दिए ।

उनले समय क्रम सँगै लुम्बिनीको महत्व विश्वमा बढ्दै गएको बताउँदै लुम्बिनीसँगै विमानस्थलको पनि महत्व बढ्ने बताए । एक फरक प्रसंगमा उनले प्रधानमन्त्रीको भ्रमणपछि पछिल्लो समय भारत र चीनसँग सम्बन्ध सुमुधुर भएको बताउँदै छिमेकी देशबाट मुलुकले लाभ लिई समृद्धिको बाटो तय गर्ने बताएका छन् ।

विमानस्थल अवलोकनमा नेकपा महासचिव विष्णुप्रसाद पौडेल, कृषिमन्त्री चक्रपाणि खनाल, पूर्वमन्त्री टोपबहादुर रायमाझी, ओनसरी घर्तीमगर, प्रदेश पाँचका मन्त्रीहरु समेत सहभागी रहेका थिए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);