माईतीघर मण्डलामा सडक विस्तारको विरोध प्रदर्शन | ईमाउण्टेन समाचार

Our Network

चैत १७ २०८०, शनिबार

माईतीघर मण्डलामा सडक विस्तारको विरोध प्रदर्शन

maitighar mandala

काठमाडौं, १४ चैत । सडक विस्तारको विरोधमा बुधबार पनि काठमाडौंको माईतीघर मण्डलामा विरोध प्रदर्शन गरिएको छ । गैरन्यायिक ढंगले सडक विस्तारको काम भइरहेको भन्दै काठमाडौं उपत्यका सडक विस्तार पीडित संघर्ष समितिले आज पनि माईतीघर मण्डलामा ३ घण्टा विरोध प्रर्दशन गरेका छन् ।

जग्गा प्राप्ती ऐनको समेत बेवास्ता गर्दै सडक विस्तारको नाममा आफूहरुलाई विस्थापित गरेपछि सरकारसँग न्यायको माग गर्दै विरोध प्रर्दशनलाई निरन्तरता दिनु परेको ललितपुर बाँडेगाउँका चोकबहादुर महर्जनले बताए । प्रर्दशनीमा नागरिक समाजका अगुवाहरु पदमरत्न तुलाधर, हिरण्यलाल श्रेष्ठलगायतले पनि ऐक्यवद्धता जनाएका थिए ।

त्यसक्रममा ललितपुरमा स्थानीयले उचित क्षतिपूर्तिको व्यवस्था नगरि काठमाडौं–निजगढ द्रूतमार्ग निर्माणको कामलाई अघि बढाएको भन्दै आपत्ति पनि जनाए । काठमाडौं उपत्यकाको सडक विस्तारको काम गैरन्यायिक भएको भन्दै स्थानीयबासीले तत्काल बन्द गर्न माग गर्दै सरकारलाई निरन्तर दवाव दिँदै आएका छन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);