सडक विस्तारको विरोधमा प्रदर्शन जारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

सडक विस्तारको विरोधमा प्रदर्शन जारी

काठमाडौं, २३ चैत । सडक विस्तारको मारमा परेका काठमाडौंका स्थानीयबासीले शुक्रबार पनि विरोध प्रर्दशन गरेका छन् । गैरन्यायिक ढंगले गरिएको सडक विस्तार तत्काल बन्द गरी पीडितलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गर्दै विरोध प्रर्दशन गरेका हुन ।

त्यसक्रममा उनीहरुले काठमाडौं उपत्यका विकास प्राधिकरणका प्रमुख भाईकाजी तिवारीको पुत्लासमेत दहन गरेका थिए । पीडितहरुले डोजर आतंक तत्काल बन्द गर्न माग गर्दै सरकार र प्राधिकरणका प्रमुख तिवारीविरुद्ध चर्का नाराबाजी समेत गरेका थिए ।

शुक्रबार मध्यान्ह असनबाट सुरु भएको विरोध प्रर्दशन खिचापोखरी, ओमबहाल, बसन्तपुर हुँदै असनमै पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै सडक विस्तारको नाममा काठमाडौंको सम्पदा समेत विनाश गर्न खोजिएको भन्दै सरकारप्रति आक्रोश व्यक्त गरिएको थियो ।

पीडितहरुले सडक विस्तारको नाममा आदिबासीहरुलाई विस्थापित गर्ने काम नगर्न सरकारलाई चेतावनी पनि दिएका थिए । उचित व्यवस्था नगरी सडक विस्तारको काम गरिएकोमा आपत्ति जनाउँदै काठमाडौं उपत्यकाबासीले विरोध प्रर्दशन गर्दै आएका छन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);