राज्यमन्त्री मानन्धरले एकल गायनमा विश्व रेकर्ड कायम गर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

राज्यमन्त्री मानन्धरले एकल गायनमा विश्व रेकर्ड कायम गर्ने

काठमाडौं, ९ पुष । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले एकल गायनमा विश्व रेकर्ड कायम गर्नुहुने भएको छ । शुक्रबार दिउँसो १ बजे बालाजु स्थित अष्टनारायण चलचित्रहलमा हुने विशेष कार्यक्रममा एकल गायन गरी राज्यमन्त्री मानन्धरले विश्व रेकर्ड कायम गर्न लाग्नु भएको हो ।

राज्यमन्त्री मानन्धरले वल्र्ड बुक अफ रेकर्ड युकेको बहालवाला मन्त्रीको एकल कन्सर्ट विधामा विश्व रेकर्ड कायम गर्न लाग्नु भएको हो । दिउँसो एक बजेदेखि शुरु हुने कन्सर्ट नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुने राज्यमन्त्री मानन्धरले बताउनुभएको छ । उहाँले यो विधामा विश्वमै पहिलोपटक गीत गाउन लाग्नुभएको हो । उहाँले करिब ४ घण्टासम्म गीत गाउनु हुनेछ । 

लाइभ कन्सर्टमा पुराना कलाकारहरुका नेवारी गीत गाउने राज्यमन्त्री मानन्धरले बताउनुभयो । विश्व रेकर्ड कायम गराउनका लागि वल्र्ड बुक अफ रेकर्ड युकेको टोली नेपाल आइसकेको छ । यो विधामा आयोजना गरिएको कार्यक्रम विश्वको पहलो भएकोले वल्र्ड बुक अफ रेकर्डमा पहिलोपटक राज्यमन्त्री मानन्धरको नाम लेखिनेछ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);