ढलान भएको दुई दिनमै पक्की पुल गर्ल्यामगुर्लुम | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

ढलान भएको दुई दिनमै पक्की पुल गर्ल्यामगुर्लुम

badighat_pul

गुल्मी, ३ बैशाख ।  जिल्लाको बडीगाढ खोलामा निमार्णधीन पक्की पुल ढलान गरेको दुई दिनमै भत्किएको छ । मुसिकोट नगरपालिका–३ र ७ को वडागाँउ र वामी जोड्ने झेदीको पुल ढलान गरेको दुई दिन बित्न नपाउँदै भत्किएको हो । यो समाचार आजको नागरिक दैनिकमा लेखेको छ ।

तत्कालीन जिल्ला प्राविधिक कार्यालय गुल्मीमार्फत वाइटी जयबुद्ध कन्स्ट्रक्सन प्रालिले निर्माण गर्दै गरेको सो पुल शुक्रबार ढलान गरिएको थियो ।

बिचमा पिल्लर नभएको ५५ मिटर लामो सो पुल २०७३ सालमा सम्झौता भई २०७४ सालमा निर्माण थालिएको थियो । अहिले यसको अनुगमनको जिम्मा प्रदेश ५ अन्तर्गत भौतिक पूर्वाधार विकास कार्यालय गुल्मी मातहत रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);