सात वर्षदेखि निर्माणाधिन कमला पुलको काम अलपत्र | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

सात वर्षदेखि निर्माणाधिन कमला पुलको काम अलपत्र

kamala pul alapatra

सिरहा, २९ फागुन । सात वर्षदेखि निर्माणाधिन सिरहा–धनुषाको सिमानामा पर्ने कमला पुलको निर्माण काम फेरी रोकिएको छ । पुल निर्माणको जिम्मा पाएको पप्पु लुम्बिनी जेभीले रकम अभाव भएको भन्दै काम रोकेपछि सिरहा र धनुषाको सिमानामा बन्न लागेको पुल फेरी अलपत्र परेको छ ।

पुल निर्माण शुरु गरिएको ७ वर्ष बितिसकेको छ । पुलको लागि ३८ मिटर ढलान भइसकेको छ भने बाँकी ३८ मिटिरको लागि ढलान गर्न डण्डी बाँधेर छोडिएको छ । यसरी निर्माणाधिन पुल अलपत्र छोडिंदा सर्वसाधारणलाई यात्रा गर्न सास्ती भएको छ । निर्माण कम्पनी पप्पु कन्स्ट्रक्सनले भने काम गरेबापतको बील अनुसारको भुक्तानी नभएकोले निर्माण रोक्नु परेको बताएको छ ।

पुल निर्माण ढिलाई हुँदा हुलाकी सडक भएर यात्रा गर्ने सबैलाई सास्ती भोग्नु परेको छ । सरकारी कार्यालयले नियमित अनुगमन र निगरानी नगर्दा कमला पुल फेरी अलपत्र परेको हो । यसबाट स्थानीयले दुःख त पाएका छन् नै राज्यको करोडौं सम्पत्ती समेत अलपत्र परेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);