भरतपुर महानगरको वडा कार्यालयमा बम विस्फोट, ६ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

भरतपुर महानगरको वडा कार्यालयमा बम विस्फोट, ६ जना पक्राउ

bharatpur bomb bispot

चितवन, २९ फागुन । चितवन जिल्लाको भरतपुर महानगरपालिका अन्तर्गत तोरीखेतमा रहेको वडा न. ५ को कार्यालयमा मंगलबार राति शक्तिशाली सिलिण्डर बम विस्फोट भएको छ । विस्फोट राति करिब साढे १२ बजे गराइएको थियो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठौरका अनुसार विस्फोटबाट कार्यालयको झ्यालका सिसा फुटेको र विस्फोटपछिको आगजनीबाट कागजपत्र जलेर नष्ट भएको छ । जिल्लामा व्यापकरूपमा प्रहरी परिचालन भएकै समयमा विस्फोट भएको थियो ।

विस्फोट गराएको आशङ्कामा प्रहरीले राति नै ६ जनालाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएकालाई अनुसन्धान सुरु गरिएको छ । घटना थाहा पाए लगत्तै महानगरको दमकल, सुरक्षाकर्मीको टोली घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिइएको हो ।

राठौरले विप्लव निकट नेकपा माओवादीले गराएको अनुमान गरिएको बताएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);