प्रचण्डको चुनावी क्षेत्रमा बम विस्फोट, वडा कार्यालयमा क्षति | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

चितवन, १७ मंसिर । भरतपुर महानगरपालिकाको वडा नम्बर ५ को कार्यालयमा बम विस्फोट भएको छ । आइतबार बिहान ग्रिनेट विस्फोट हुँदा वडा कार्यालय र सँगै रहेको नेपाल रेडक्रस सोसाइटी नारायणपुर उपशाखा कार्यालय भवनमा क्षति पुगेको छ।

वडा कार्यालय, रेडक्रस कार्यालय र वरपरका सर्वसाधारणको घरका झ्यालका शिसा फुटेको वडा अध्यक्ष पदमपाणि सुवेदीले बताए। मंसिर २१ गते हुन लागेको चुनावको मतदानको केन्द्र यही वडा कार्यालयमा राखिएको छ । यो क्षेत्रबाट नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चुनावी मैदानमा छन्।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);