फोरम नेपालका कार्यकर्ता चढेको जीप खोलामा खस्यो, चालकको मृत्यु, ७ जना घाईते | ईमाउण्टेन समाचार

Our Network

असार ४ २०८३, शुक्रबार

फोरम नेपालका कार्यकर्ता चढेको जीप खोलामा खस्यो, चालकको मृत्यु, ७ जना घाईते

jip accident

गौर, १७ मंसिर । संघीय समाजवादी फोरम नेपालका कार्यकर्ता चढेको जीप गएराति खोलामा खस्दा चालकको मृत्यु भएको छ। भारतीय नम्बरको बीआर ०१ पिभी ३९३३ बोलेरो जीप भकुवा खोलामा खस्दा भारतको बिहार राज्यको पूर्वीचम्पारनका चालक गोपालराय यादवको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

उक्त घटनामा सातजना घाइते भएका छन्। रौतहट क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यका संघीय समाजवादी फोरम नेपालका उम्मेदवार किरन साहको घरदैलो कार्यक्रम गरेर फर्कदै गर्दा कार्यकर्ता चढेको उक्त जीप दुर्घटनामा परेको थियो।

ताजा समाचार