सिरहामा रोचक बन्दै चुनाव : बुबा र आमापछि छोरासँग प्रतिस्पर्धा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

काठमाडौं, १७ मंसिर । सिरहा निर्वाचन क्षेत्र नम्बर १ मा २०४८ र ०५६ मा कांग्रेस नेता पद्मनारायण चौधरीसँग प्रतिस्पर्धा गरेका लगनलाल चौधरी आसन्न प्रदेशसभा निर्वाचनमा उनका छोरासँग प्रतिस्पर्धामा उत्रेपछि चुनाव रोचक बनेको छ। लगनलाल राप्रपाबाट हालै सम्पन्न स्थानीय तहको चुनावमा लहान नगरपालिकाको मेयर पदमा उम्मेदवार बनेका थिए।

अहिले उनी एमालेमा प्रवेश गरी वाम गठबन्धनको तर्फबाट प्रदेशसभा क को उम्मेदवार बनेका छन्। उनका भतिजा पूर्वमन्त्री पद्मनारायण चौधरीका छोरा सन्तोष चौधरी प्रदेशसभा १ क बाटै काग्रेसको तर्फबाट उम्मेदवार बनेपछि चुनाव रोचक बनेको हो। यस्तै, दोस्रो संविधानसभा निर्वाचनमा सिरहा क्षेत्र नम्बर ३ बाट कांग्रेस नेतृ सीतादेवी यादवसँग एमाले नेता प्रमोद यादवले प्रतिस्पर्धा गरेका थिए।

प्रदेशसभा निर्वाचनमा ३ ख बाट पूर्वमन्त्रीसमेत रेहकी सीतादेवी यादवका छोरा सुभासले उम्मेदवारी दिएका छन् भने, एमालेबाट प्रमोद यादव उम्मेदवार बनेका छन्। विगतमा सीतादेवीसँग प्रतिस्पर्धा गरेका प्रमोद अहिले प्रदेशसभामा उनैका छोरासँग प्रतिस्पर्धा गर्नुले पनि चुनाव रोचक बन्न पुगेको छ। – अन्नपूर्ण पोस्ट दैनिकबाट

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);