झापाको तीन ठाउँमा आज बिहानै आगजनी र बम विष्फोट | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

झापाको तीन ठाउँमा आज बिहानै आगजनी र बम विष्फोट

aago-lage-ko

झापा, २७ साउन । झापाको विर्तामोड नगरपालिका वडा नम्बर ७, ८ र ९ को संयुक्त कार्यालयमा बम विष्फोट भएको छ । तीनवटै वडाको कार्यालय रहेको गरामनीस्थित एक भवनमा सोमबार बिहान साढे चार बजेतिर ठूलो आवाजका साथ बम विष्फोट भएको हो । विष्फोटबाट वडा कार्यालय रहेको भवनमा क्षति पुगेको छ । चारआलीस्थित नेपाली सेनाको ब्यारेकबाट बम डिस्पोजल टोली घटनास्थल पुगेर अनुसन्धान थालेको छ ।

बम विस्फोटबाट गरामनीमा रहेको संयुक्त वडा कार्यालयमा रहेको फर्निचर लगायतमा क्षति पुगेको इलाका प्रहरी कार्यालय विर्तामोडले जनाएको छ । प्रहरीका अनुसार सोमबार बिहान ४ः३० बजे भएको विस्फोट भएको हो । विस्फोटबाट कार्यालयका ६ वटा झ्याल, वाल र भित्र रहेका फर्निचरमा क्षति भएको छ । विष्फोटले कार्यालय भवनको वालसमेत फुटेको वडा नम्बर ८ का वडाध्यक्ष अजय कार्कीले जानकारी दिनुभयो ।

विस्फोट कसले र किन गरायो भन्ने बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । विष्पोटनबाट कुनै मानवीय क्षति भने भएको छैन । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);