कृषि अनुसन्धानको काम कार्वाहीप्रति कृषिमन्त्री खनालको असन्तुष्टि | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

कृषि अनुसन्धानको काम कार्वाहीप्रति कृषिमन्त्री खनालको असन्तुष्टि

chakrapani-khanal

काठमाडौं, २७ साउन । कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणी खनालले कृषि अनुसन्धान परिषदको काम कार्वाहीप्रति असन्तुष्टि जनाउनु भएको छ ।

सोमबारदेखि राजधानीमा शुरु भएको एशियन कृषि सम्मेलनमा मन्त्री खनालले कृषि अनुसन्धान परिषदले किसानको पक्षमा कुनै पनि अनुसन्धानको काम गर्न नसकेको पाइएको उल्लेख गर्नुभयो । उहाँले किसानको पक्षमा कृषि अनुसन्धान परिषदले कामै नगरेपछि त्यसको विकल्पमा आफूले किसान आवास परियोजना कार्यक्रम सुरु गर्न लागेको घोषणा गर्नु भयो । सो परियोजनाले किसानका लागि आवश्यक आवाससहित प्रशिक्षण लगायतका कार्यक्रम संचालन गर्ने उहाँको भनाई छ ।

कार्यक्रममा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति पूर्णकुमारी सुवेदीले युवाहरुलाई आकर्षित गर्नेगरी कृषि क्षेत्रको विकासमा लाग्न सरकारलाई आग्रह गर्नुभयो ।

सभापति सुदेवीले संविधानले सबै नागरिकको गाँस, बास र स्वास्थ्य उपचारलाई मौलिक अधिकारको रुपमा व्याख्या गरेपनि सरकारले त्यसको उचित व्यवस्था गर्न नसकेको उल्लेख गर्नुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);