दातृ निकायद्वारा संचालित कामप्रति कृषि मन्त्रीको असन्तुष्टि | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

दातृ निकायद्वारा संचालित कामप्रति कृषि मन्त्रीको असन्तुष्टि

काठमाडौं, १५ असोज । कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनालले दातृ निकायद्वारा संचालित परियोजनाको काम कार्वाहीप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

मन्त्री खनालले धेरैजसो दातृ निकायद्वारा संचालित परियोजनाले सकारात्मक योगदान दिन नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । सोमबार ललितपुरमा उच्च मूल्य कृषि बस्तु विकास आयोजनाले गरेको एक कार्यक्रममा बोल्दै उनले जनताको जीवनस्तर बढाउने गरी ठोस योजना तय गर्न पनि कृषिसँग सम्बन्धित परियोजनाहरुलाई सचेत गराए ।

जनतामा सकारात्मक योगदान दिन नसक्ने परियोजना नेपाललाई आवश्यक नरहेको मन्त्री खनालको भनाई छ । मन्त्री खनालले नेपालको कृषि क्षेत्रको विकासका लागि आवश्यक प्रविधि भित्र्याउने दिशामा पनि विशेष जोड दिन दातृ निकायद्वारा संचालित परियोजनाहरुलाई आग्रह गरे ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);