तीन बर्षभित्र मुलुक कृषिमा आत्मनिर्भर : मन्त्री खनाल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

तीन बर्षभित्र मुलुक कृषिमा आत्मनिर्भर : मन्त्री खनाल

काठमाडौं, ६ चैत । कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनालले तीन बर्षभित्र मुलुकलाई कृषिमा आत्मनिर्भर बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री खनालले विषाधि मुक्त उत्पादनका लागि नयाँ–नयाँ प्रविधि भित्र्याउने प्रतिबद्धता व्यक्त गरे । उनले कृषिमा आत्मनिर्भर बनाउन एकीकृत कृषि विकास योजना ल्याउन लागिएको जानकारी दिए ।

मन्त्री खनालले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनालाई तीव्र गतिका साथ अघि बढाइने बताए । सुकुम्बासी समस्या समाधान गर्ने विषयलाई प्राथमिकता दिने भन्दै उनले जमिनको उचित व्यवस्थापनका लागि आवश्यक कदम चाल्न प्रधानमन्त्रीसँग परामर्श गर्ने बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);