किसानका लागि मूल्य निर्धारण गर्न छुट्टै आयोग गठन गरिने मन्त्री खनालको घोषणा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

किसानका लागि मूल्य निर्धारण गर्न छुट्टै आयोग गठन गरिने मन्त्री खनालको घोषणा

काठमाडौं, १३ असोज । कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणी खनालले किसानका लागि मूल्य निर्धारण गर्न छुट्टै आयोग गठन गर्ने घोषणा गर्नु भएको छ ।

आफ्ना उत्पादनमा उचित मूल्य पाउन नसकेको गुनासो किसानहरुले गरिरहेका बेला मन्त्री खनालले किसानका लागि उचित मूल्य निर्धारण गर्न कृषि बस्तुको ‘मूल्य निर्धारण आयोग’ गठन गर्ने बताउनु भएको हो ।

आयोगलाई किसानहरुलाई मर्कामा नपर्ने गरी उनीहरुको उत्पादनको मूल्य निर्धारण गर्ने कार्यादेश दिने उहाँको योजना छ । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री खनालले नेपाललाई मासुमा आत्मनिर्भर बनाउन चालू आर्थिक वर्ष भित्रै ‘कृषिमा युवा कार्यक्रम’ संचालनमा ल्याउने तयारी गरिएको पनि बताउनु भयो ।

मन्त्री खनालले कुखुराको दानामा मूल्य वृद्धि उच्च भएको उल्लेख गर्दै त्यसलाई नियन्त्रण गर्न सरकार लागि परेको दावी पनि गर्नु भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);