सोमबार शेयरबजार परिसूचक नेप्से दोहोरो अंकले बढ्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

सोमबार शेयरबजार परिसूचक नेप्से दोहोरो अंकले बढ्यो

काठमाडौं, १३ असोज । सोमबार शेयरबजार परिसूचक नेप्से दोहोरो अंकले बढेपनि कारोबार भने घटेको छ । नेप्से १०दशमलव ४२ अंकले बढेर परिसूचक ११३५दशमलव ५६ अंकमा पुगेको छ ।

१ सय ५७ कम्पनीका ६ लाख ३३ हजार ९ सय ५१ कित्ताशेयर तीन हजार ५ सय ३५ पटकको कारोबारबाट १६ करोड ८८ लाख २८ हजार ९ सय २३ रुपैयाँको मात्र कारोबार भएको छ ।

यस्तै क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स शून्य दशमलब ६ आठ अंकले बढेर २ सय ४७ दशमलब शून्य दुई अंकमा पुगेको छ । अन्य समूहबाहेक कारोबार भएका सबै समूहको परिसूचक उकालो लागेका छन ।

अन्य समूहको परिसूचक ६ दशमलब आठ दुई अंकले ओरालो लागेको हो । सोमबार सनराइज बैंकको २ करोड १३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);