करसम्बन्धि अराजकता फैलाउनेमाथि कार्वाही हुन्छ : रक्षामन्त्री | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

करसम्बन्धि अराजकता फैलाउनेमाथि कार्वाही हुन्छ : रक्षामन्त्री

र्इश्वर पोख्रेल

काठमाडौं, १५ असोज । कार्यबाहक प्रधानमन्त्री एवम् रक्षामन्त्री इश्वर पोखरेलले करसम्बन्धि अराजकता फैलाउनेमाथि कडा कार्वाही गर्ने चेतावनी दिएका छन् ।

कार्यबाहक प्रधानमन्त्री पोखरेलले दोहोरो कर लिए त्यसविरुद्ध प्रतिकारमा उत्रन पनि निजी क्षेत्रका व्यवसायीहरुलाई आह्वान गरे । सोमबार ललितपुर उद्योग वाणिज्य संघको ३९ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले स्थानीय, प्रदेश र संघीय सरकारबीच कानुनको ठेगान नलागेकाले कर सम्बन्धि अराजकता देखिएको उल्लेख गर्दै ती समस्या छिट्टै समाधान गर्ने आश्वासन दिए । उनले सर्वसाधारणलाई मारमा पार्ने गरी सरकारले कर नलिने बताए ।

कार्यबाहक प्रधानमन्त्री पोखरेलले करसम्बन्धि सबै समस्या समाधान गर्न सरकार प्रतिवद्ध रहेको स्पष्ट पारे । कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले व्यवसायीहरु करको मारमा परेको भन्दै सरकारसँग गुनासो गरिन ।

उनले स्थानीय र प्रदेश सरकारले दोहोरो करको मारमा पारेपछि व्यवसायीहरु आतंकित हुनु परेको बताइन् । महासंघले करको दायरा बढाउन तर दोहोरो करको मारमा नपार्न सरकारलाई दवाव दिँदै आएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);