फोहोरमैला व्यवस्थापनको काममा केन्द्रित हुन मन्त्रीको आग्रह | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

फोहोरमैला व्यवस्थापनको काममा केन्द्रित हुन मन्त्रीको आग्रह

fohor

काठमाडौं, १५ असोज । सहरी विकास मन्त्री मोहम्मद इश्तियाक राईले फोहोरमैला व्यवस्थापनको काममा केन्द्रित हुन स्थानीय तहलाई आग्रह गरेका छन् ।

सहरी क्षेत्रमा फोहोरको समस्या बढ्दै गईरहेका बेला मन्त्री राईले फोहोर व्यवस्थापनमा केन्द्रित हुन स्थानीय सरकारलाई आग्रह गरेका हुन् । विश्व बसोबास दिवसको अवसर पारेर सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले फोहोरमैला व्यवस्थापन नगर्ने ठूल्ठूला भवनमाथि अनुगमन गरी कार्वाहीको दायरामा ल्याउने चेतावनी दिए ।

मन्त्री राईले सहरमा फोहोरको उचित व्यवस्थापनका लागि सरकारले आवश्यक कानुन निर्माणको कामलाई अघि बढाएको बताए ।

कार्यक्रममा बोल्दै सहरी विकास मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माले ‘फोहोरलाई मोहोर’मा रुपान्तरण हुनेगरी जनतामा चेतना जगाउन स्थानीय तहलाई आग्रह गरे । उनले स्थानीय जनताको सहभागितामा सार्वजनिक, निजी र सहकारिताको माध्यामबाट मुलुकमा फोहोरको उचित व्यवस्थापन गर्न सकिने स्पष्ट पारे ।

नेपालमा यस वर्ष ‘सहरको फोहोरमैला व्यवस्थापन’ गर्न आह्वान गर्दैै विश्व बसोबास दिवस मनाइएको छ । मन्त्री राईले फोहोरको व्यवस्थापन गर्न स्थानीय, प्रदेश र संघीय सरकारबीच बलियो सहकार्य गरेर अघि बढने योजना अघि सारे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);