फोहोरको उचित ब्यवस्थापनमा केन्द्रित हुन स्थानीय तहलाई शहरी बिकास मन्त्री राइको आग्रह | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

फोहोरको उचित ब्यवस्थापनमा केन्द्रित हुन स्थानीय तहलाई शहरी बिकास मन्त्री राइको आग्रह

ministar rai

काठमाडौं, १५ असोज । सहरी विकास मन्त्री मोहम्मद इश्तियाक राईले फोहोरमैला व्यवस्थापनकाको काममा केन्द्रित हुन स्थानीय तहलाई आग्रह गरेका छन् ।

सहरी क्षेत्रमा फोहोरको समस्या बढदै गईरहेका बेला मन्त्री राईले फोहोर व्यवस्थापनका केन्द्रित हुन स्थानीय सरकारलाई आग्रह गरेका हुन् । विश्व बसोबास दिवसको अवसर पारेर सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले फोहोरमैला व्यवस्थापन नगर्ने ठूल्ठूला भवनमाथि अनुगमन गरी कार्वाहीको दायरामा ल्याउने चेतावनी पनि दिए ।

कार्यक्रममा सहरी विकास मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माले ‘फोहोरलाई मोहोर’मा रुपान्तरण हुनेगरी जनतामा चेतना जगाउन स्थानीय तहलाई आग्रह गरे । नेपालमा यस वर्ष ‘सहरको फोहोरमैला व्यवस्थापन’ गर्न आह्वान गर्दैै विश्व बसोबास दिवस मनाइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);