सर्वसाधारणलाई करको मारमा पर्न नदिन सरकार सचेत : अर्थमन्त्री | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

सर्वसाधारणलाई करको मारमा पर्न नदिन सरकार सचेत : अर्थमन्त्री

arthamantri khatiwada

काठमाडौं, २९ साउन । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले कतिपय स्थानीय तहले नबुझि करसम्बन्धी निर्णय लिँदा समस्या देखिएको स्पष्ट पारेका छन् । अर्थ समितिको मंगलबारको बैठकमा अर्थमन्त्री खतिवडाले केही स्थानीय तहले नबुझी करसम्बन्धी निर्णय लिएको भन्दै त्यसमा सुधार गर्न आन्तरिक छलफल भइरहेको बताए । उनले सर्वसाधारणलाई करको मारमा पर्न नदिन सरकार सचेत रहेको स्पष्ट पारे ।

अर्थमन्त्री खतिवडाले व्यापार घाटा कम गर्न सरकारले कृषि, उर्जा र निर्माण सामग्रीको उत्पादनमा वृद्धि हुने गरी योजना अघि सारेको जानकारी दिए । आयात प्रतिस्थापन नगरी व्यापार घाटा कम गर्न नसकिने भएकाले सरकारले आत्मनिर्भर अर्थतन्त्रमा जोड दिएको उनको भनाइ छ ।

बैठकमा समितिका सदस्यहरुले आर्थिक समृद्धिका लागि व्यापार घाटा कम गर्न, वैदेशिक लगानी भित्रयाउन अर्थमन्त्री खतिवडाको गम्भिर ध्यानाकर्षण गराएका थिए ।

समितिका सदस्य घनश्याम भुसालले करमार्फत जनताको मनोविज्ञान नबिगार्न सरकारलाई सचेत हुन आग्रह गरे । समितिका अन्य सदस्यहरुले करसम्बन्धि विवाद समाधान, व्यापार घाटा न्यूनिकरण, लगानी वृद्धि र विकास, निर्माणको कामलाई तीव्रता दिनुपर्नेमा जोड दिएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);