किसानसँग जोडेर अनुसन्धानको कामलाई अघि बढाउन कृषिमन्त्री खनालको निर्देशन | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

किसानसँग जोडेर अनुसन्धानको कामलाई अघि बढाउन कृषिमन्त्री खनालको निर्देशन

krishimantri

काठमाडौं, १७ भदौ । कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणी खनालले किसानसँग जोडेर अनुसन्धानको कामलाई अघि बढाउन कृषि अनुसन्धान परिषदलाई निर्देशन दिनु भएको छ ।

मंगलबारबाट राजधानीमा शुरु भएको अन्तरष्ट्रिय कृषि बीउ सम्मेलनको उद्घाटन कार्यक्रममा मन्त्री खनालले जलवायु परिवर्तनले बीउबीजन र कृषि क्षेत्रको समग्र उत्पादनमा पारेको असरको लेखाजोखा गरिदिन पनि कृषि विज्ञहरुलाई आग्रह गर्नु भयो । उहाँले कृषि उत्पादन र त्यसको बीउबीजनको उत्पादन बढाउने गरी अनुसन्धानको कामलाई अघि बढाउनुपर्नेमा पनि जोड दिनु भयो ।

मन्त्री खनालले कृषि उत्पादनमा बढावा दिने गरी कृषि अनुसन्धान परिषदको कामको दायरालाई बढाउँदै लैजाने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो । मुलुकको आर्थिक विकासका लागि कृषि क्षेत्रको योगदानलाई फराकिलो बनाउँदै लैजान सरकारले जोड दिएको मन्त्री खनालको भनाई थियो ।

मन्त्री खनालले कृषि बीउबीजनहरुको उत्पादन नेपालमै गर्ने तर त्यसका लागि अन्य देशको आवश्यक प्रविधि तथा अनुसन्धानलाई भित्र्याउनुपर्ने आवश्यक्ता पनि औंल्याउनु भयो ।

२ दिनसम्म चल्ने सो सम्मेलनमा कृषि बीउबीजनको उत्पादन बढाउने गरी विविध विषयमा छलफल हुने बताइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);