गुणस्तरीय उत्पादनमा केन्द्रित हुन दुग्ध विकास संस्थानलाई मन्त्री खनालको आग्रह | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

गुणस्तरीय उत्पादनमा केन्द्रित हुन दुग्ध विकास संस्थानलाई मन्त्री खनालको आग्रह

काठमाडौं, १ साउन । कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणी खनालले गुणस्तरीय उत्पादनमा केन्द्रित हुन दुग्ध विकास संस्थानलाई सचेत गराउनु भएको छ । मन्त्री खनालले गुणस्तरीय बस्तु उत्पादन गरे दुग्ध विकास संस्थानको बजार आफै विस्तार हुने पनि स्पष्ट पार्नु भयो । उहाँले ‘डेट एक्पाएर’ भएका आयातित बस्तुहरु उपभोक्ताले प्रयोग गर्नु परिरहेका बेला गुणस्तरीय बस्तु उत्पादन गरे दुग्ध विकास संस्थानको बजार आफै विस्तार हुने पनि स्मरण गराउनु भयो ।

त्यसका लागि दुग्ध विकास संस्थानले आफूलाई विश्वबजारमा मै प्रतिस्पर्धा गर्न सक्ने क्षमताको विकास गर्नुपर्ने मन्त्री खनालको भनाई छ । दुग्ध विकास संस्थानको स्वर्ण महोत्सव तथा ५१ औं वार्षिकोत्सव समारोहको अवसर पारेर बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री खनालले संस्थानलाई घाटामा जान नदिन पनि गुणस्तरीय उत्पादनमा जोड दिनुको विकल्प नरहेको उल्लेख गर्नु भयो ।

उहाँले संस्थानले उत्पादन गरेको डिडिसी दुधको बजार राम्रो रहेको उल्लेख गर्दै त्यसलाई पनि अझै गुणस्तरीय बनाउनुपर्नेमा जोड दिनु भयो । मन्त्री खनालले संस्थानलाई घाटामा लैजाने चिन्तनलाई परास्त गरेर अघि बढने दृढता पनि व्यक्त गर्नु भयो । उहाँले दुग्ध विकास संस्थानलाई किसान र उपभोक्तालाई मारमा पार्ने काम गरे सैह्य नहुने चेतावनी पनि दिनु भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);