लोभ र डरबाट प्रभावित नभई काम गर्ने मन्त्री भुसालको प्रतिवद्धता | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

लोभ र डरबाट प्रभावित नभई काम गर्ने मन्त्री भुसालको प्रतिवद्धता

काठमाडौं, ५ मंसिर । नवनियुक्त कृषि तथा पशुपन्त्री विकास मन्त्री घनश्याम भुसालले आफू लोभ र डरबाट प्रभावित नभई काम गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।

नवनियुक्त मन्त्री भुसालले परम्परागत कृषिमा अल्झेको श्रमलाई मुक्त गर्दै व्यवसायीक कृषिको विकासमा केन्द्रित रही काम गर्ने पनि बताउनु भयो । बिहीबार दिउँसो सिंहदरबारमा पुगेर पदभार ग्रहण गरेपछि संचारकर्मीसँग संक्षिप्त कुरा गर्दै उहाँले कृषि क्षेत्रको विकासका लागि अध्ययन, अनुसन्धानको काममा जोड दिने योजना पनि अघि सार्नु भयो ।

यस अघि नवनियुक्त मन्त्री भुसालले राष्ट्रपति भवन शितल निवासमा पद तथा गोपनियताको सपथ लिनु भएको थियो । त्यसलगत्तै सिंहदरबारमा पुगेर पदभार ग्रहण गर्नु भएका उहाँलाई निवर्तमान कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणि खनालले बधाई दिनुभएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);