उद्योगी, व्यवसायीलाई निरुत्साहित नगर्ने नवनियुक्त मन्त्री भट्टको प्रतिवद्धता | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

उद्योगी, व्यवसायीलाई निरुत्साहित नगर्ने नवनियुक्त मन्त्री भट्टको प्रतिवद्धता

काठमाडौं, ५ मंसिर । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले उद्योगी, व्यवसायीलाई निरुत्साहित नगर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।

मन्त्री भट्टले मन्त्रालयको कार्यशैलीमा सुधार गरी उद्योग व्यवसायका लागि लगानी अभिवृद्धि गर्न नीतिगत सुधार गर्ने योजना पनि अघि सार्नु भयो । बिहीबार पदभार ग्रहण गरेलगत्तै उहाँले संचारकर्मीमाझ बजार अनुगमनको कामलाई थप प्रभावकारी बनाउने पनि बताउनु भयो ।

यसैबीच नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगडले पनि मन्त्रालयमा पदभार ग्रहण गर्दै आफु उद्योगी समेत भएकाले उद्योगी व्यवसायीको समस्या बुझेको बताउँदै काम गरेर देखाउने प्रतिवद्धता जनाउनुभयो ।

राष्ट्रपति भवन शितल निवासमा पद तथा गोपनियताको सपथ लिएलगत्तै सिंहदरबार पुगेर पदभार ग्रहण गर्नुभएका मन्त्री भट्ट र राज्य मन्त्री दुगडले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई अन्य मन्त्रालय भन्दा नमुना मन्त्रालयको रुपमा विकास गरी काम गर्ने प्रतिवद्धता समेत जनाउनु भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);