गलत काम नगर्न कर्मचारीलाई उद्योग मन्त्रीको निर्देशन | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

गलत काम नगर्न कर्मचारीलाई उद्योग मन्त्रीको निर्देशन

काठमाडौं, ९ मंसिर । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले गलत काम नगर्न कर्मचारीहरुलाई सचेत गराउनु भएको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री भट्टले गलत काम नगर्न कर्मचारीहरुलाई सचेत गराउनु भएको हो ।

उहाँले मुलुकको भोलीका आवश्यकता पूरा हुने गरी काम गर्न पनि मातहतका कर्मचारीहरुलाई निर्देशन दिनु भयो । मन्त्री भट्टले मुलुकलाई समृद्ध बनाउने राष्ट्रिय नारालाई सफल बनाउन विभिन्न चुनौतिको सामना गरेर अघि बढनुपर्ने आवश्यकता औंल्याउनु भयो ।

कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडले जनताको सेवकको रुपमा काम गर्न कर्मचारीहरुलाई निर्देशन दिनु भयो । राज्यमन्त्री दुगडले उद्योगी व्यवसायीहरुलाई पनि मुलुकको समृद्धिका लागि योगदान पु-याउन आग्रह गर्नु भयो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);