पेशागत मर्यादाको ख्याल राखेर आफ्ना गतिविधि गर्न कर्मचारीलाई मन्त्री विष्ट निर्देशन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

पेशागत मर्यादाको ख्याल राखेर आफ्ना गतिविधि गर्न कर्मचारीलाई मन्त्री विष्ट निर्देशन

gokarna bista

काठमाडौं, २ जेठ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सार्वजनिक संस्थानहरुलाई सुदृढ बनाउने गरी काम गर्न सम्बन्धित निकायका कर्मचारीहरुलाई कडा निर्देशन दिनु भएको छ ।

मन्त्री विष्टले पेशागत मर्यादाको ख्याल राखेर आफ्ना गतिविधिलाई अघि बढाउन पनि कर्मचारीहरुलाई सचेत गराउनु भयो । सार्वजनिक संस्था कर्मचारी संगठन नेपालको ३० औं स्थापना दिवसको अवसर पारेर बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सार्वजनिक संस्थानहरुलाई नाफामा लैजाने गरी पारदर्शिताका साथ काम गर्न पनि सम्बन्धित निकायका कर्मचारीहरुको गम्भिर ध्यानाकर्षण गराउनु भयो । मन्त्री विष्टले कर्मचारीहरुको तलवसहितको सेवा, सुविधा वृद्धि गर्न सरकार प्रतिवद्ध रहेको पनि बताउनु भयो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);