घोषित लक्ष्य पूर्ति हुनेगरी काम गर्न मातहतका सबै निकायलाई मन्त्रीको निर्देशन | ईमाउण्टेन समाचार

Our Network

भदौ ११ २०८३, शुक्रबार

घोषित लक्ष्य पूर्ति हुनेगरी काम गर्न मातहतका सबै निकायलाई मन्त्रीको निर्देशन

gokul baskota

काठमाडौं, १ साउन । संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले सरकारको घोषित लक्ष्य पूर्ति हुनेगरी काम गर्न मातहतका सबै निकायलाई निर्देशन दिनु भएको छ ।

मन्त्री बास्कोटाले देश र जनताप्रति उत्तरदायी भई सरकारको घोषित सबै लक्ष्य पूरा हुने गरी काम गर्न मातहतका सबै निकायका कर्मचारीलाई सक्रिय, ईमान्दार र गतिशील भएर काम गर्न निर्देशन दिनु भएको हो ।

आफ्नो मन्त्रालय अन्तरगतको नयाँ आर्थिक वर्षको एकीकृत कार्य योजना बुधबार एक कार्यक्रमका बीच सार्वजनिक गर्दै उहाँले एउटा निकायले गल्ति गरे त्यो देशका लागि गम्भिर नोक्सानको रुपमा परिणत हुने र त्यसले प्रतिक्रान्तिको बाटोमा लैजानेतर्फ पनि कर्मचारीहरुलाई सचेत गराउनु भयो ।

मन्त्री बास्कोटाले गत आर्थिक वर्षमा आफ्नो मन्त्रालयले गरेको काम सन्तोषजनक रहेपनि सन्तुष्टि हुने खालको नभएको उल्लेख गर्दै चालू आर्थिक वर्षका घोषित सबै कार्यलाई पूर्णता दिने गरी काम गर्नुपर्ने पनि स्पष्ट पार्नु भयो । मन्त्रालयको घोषित कार्यक्रममा जनताप्रति उत्तरदायी भएर काम भए, नभएको नियमित अनुगमन गर्ने प्रतिवद्धता व्यक्त गरिएको छ ।