बाढी-पहिरो प्रभावित क्षेत्रमा सम्भावित महामारी नियन्त्रण गर्न कांग्रेसको आग्रह | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

बाढी-पहिरो प्रभावित क्षेत्रमा सम्भावित महामारी नियन्त्रण गर्न कांग्रेसको आग्रह

nepali congress

काठमाडौं, १ साउन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बाढी, पहिरो र डुबान क्षेत्रमा विभिन्न रोग महामारीको रुपमा फैलने सम्भावनालाई नियन्त्रण गर्न सरकारसँग आग्रह गरेको छ ।

कांग्रेस संसदीय दलको कार्यालयले बुधबार एक विज्ञप्ति जारी गर्दै बाढी, पहिरो र डुबान क्षेत्रमा थप मानवीय क्षति हुन नदिन सरकार र सम्बन्धित निकायलाई सशक्त एवं गतिशील रुपमा कार्य गर्न आग्रह गरेको हो ।

केही दिनअघि परेको अविरल वर्षाका कारण मुलुकका विभिन्न भागमा आएको बाढी, पहिरो, डुबान र कटानका कारण ठूलो संख्यामा मानवीय क्षति हुनाका साथै भौतिक क्षति पनि भएको छ।

क्षतिग्रस्तस्थलको प्रतिवेदनका आधारमा विपद् व्यवस्थापनका लागि राज्यले अझै प्रभावकारी ढंगले राहत एवं पुनःस्थापना गर्नु आवश्यक देखिएको बिज्ञप्तिमा जनाईको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);