खरिद प्रक्रियामा शतप्रतिशत पारदर्शिता कायम गर्न मातहतका निकायलाई स्वास्थ्य मन्त्रीको निर्देशन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

खरिद प्रक्रियामा शतप्रतिशत पारदर्शिता कायम गर्न मातहतका निकायलाई स्वास्थ्य मन्त्रीको निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले खरिद प्रक्रियामा शतप्रतिशत पारदर्शिता कायम गर्न मातहतका निकायलाई निर्देशन दिनु भएको छ ।

बिहीबार काठमाडौंको टेकुस्थित स्वास्थ्य सेवा विभागको अनुगमन गर्ने क्रममा उहाँले खरिद प्रक्रियामा पारदर्शिता कायम नभएको गुनासो आउने गरेको उल्लेख गर्दै त्यस्तो गरेको पाइए सैह्य नहुने चेतावनी दिनुभयो । मन्त्री गिरीले कुनैपनि निकायबाट नीतिगत भ्रष्टाचार हुने वा निहीत स्वार्थमा काम हुने गरेको पाइएको भन्दै त्यसलाई तत्काल निरुत्साहित गर्न सचेत गराउनु भयो । उहाँले अस्पतालहरुलाई पूर्ण रुपमा प्रविधिमैंत्री बनाउन सम्बन्धित पक्ष लाग्नुपर्नेमा जोड दिनुभयो ।

मन्त्री गिरीले जनताप्रति उत्तरदायी भएर सेवा प्रवाहको काम गर्न स्वास्थ्य सेवा विभागको ध्यानाकर्षण गराउनु भयो । उहाँले स्वास्थ्य उपकरणहरुको दूरुपयोग नगर्न मातहतका निकायले सचेत भएर काम गर्नुपर्ने औंल्याउनुभयो ।

मन्त्री गिरीले जनताको गुनासोलाई सम्बोधन हुनेगरी आवश्यक योजना बनाएर काम गरे आफूले त्यसमा आवश्यक सबै सहयोग उपलब्ध गराउने प्रतिवद्धता समेत व्यक्त गर्नु भयो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);