राष्ट्रपतिको निर्वाचनका लागि आन्तरिक तयारीमा कांग्रेस | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

राष्ट्रपतिको निर्वाचनका लागि आन्तरिक तयारीमा कांग्रेस

काठमाडौं । नेपाली काँग्रेसको संसदीय दलको कार्यसमिति बैठकले राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचनमा अन्य राजनीतिक दलहरुसँग पनि छलफल गरेर अघि बढ्ने निर्णय गरेको छ ।

बिहीवार पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि काँग्रेस प्रमुख सचेतक रमेश लेखकले संसदीय दलको बैठक माघ २६ गते १ बजे संसद भवनको ल्होत्से हलमा बस्ने निर्णय गरेको जानकारी दिनुभयो । उहाँले संसद भित्रको व्यस्तताका कारण केन्द्रिय कार्य सम्पादन समितिको बैठक केही समयका लागि सरेको पनि प्रष्ट गर्नुभयो । उहाँले राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन र राष्ट्रपतिको निर्वाचनका बारेमा अरु राजनीतिक दलहरुसँग छलफलका क्रममा रहेको बताउनु भयो । उहाँले काँग्रेस राष्ट्रपतिको निर्वाचनका लागि आन्तरिक तयारीमा जुटिसकेको बताउनु भयो ।

लेखकले प्रधानमन्त्री पुष्पकमल दाहालबाट राष्ट्रपति÷उपराष्ट्रपति र सभामुख÷उपसभामुखमा राष्ट्रिय सहमति खोजेका भन्दै यसका लागि बोलाए वार्ता गर्न तयार रहेको पनि बताउनु भयो । उहाँले सर्वदलीय बैठकमा समेत राष्ट्रिय सहमति खोजेकाले प्रधानमन्त्रीको प्रश्ताव र एजेण्डा बाहिरिएपछि काँग्रेस छलफलका लागि जाने उल्लेख गर्नुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);