राप्रपालाई प्रधानमन्त्रीका लागि प्रस्ताव गरेका छैनौंः रमेश लेखक | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

राप्रपालाई प्रधानमन्त्रीका लागि प्रस्ताव गरेका छैनौंः रमेश लेखक

काठमाडौं । नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपालाई प्रधानमन्त्रीका लागि प्रस्ताव नगरेको स्पष्ट गर्नुभएको छ ।

शुक्रबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफमा प्रमुख सचेतक लेखकले प्रधानमन्त्रीमा राप्रपालाई कांग्रेसले प्रस्ताव नगरेको प्रष्ट्याउनु भएको हो । उहाँले एमाले–माओवादी केन्द्रसहितको सत्ता समिकरणलाई भत्काएर नयाँ समिकरण बनाउने काममा नलागेको पनि दाबी गनूृभयो ।

उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने बारेमा भने यही पुस २६ गते बिहान बस्ने पार्टी संसदीय दलको बैठकले निर्णय गर्ने बताउनु भयो । जानकारी समेत दिनु भयो । आफूहरु अहिले पार्टी संसदीय दलको शनिबार बिहान बोलाइएको बैठकको गृहकार्यमा जुटेको उहाँको भनाई थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहालले यही पुस २६ गते बिहान ११ बजे बोलाइएको प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिनु हुनेछ । काँग्रेस प्रमुख सचेतक लेखकले प्रधानमन्त्री दाहालले विश्वासको मत लिने पत्र पाइसकेको र यसका लागि आन्तरिक छलफल सुरु गरिएको बताउनु भयो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);