अलमलमा कांग्रेस | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

अलमलमा कांग्रेस

काठमाडौं । सरकारलाई विश्वासको मत दिने कि नदिने भन्ने विषयमा नेपाली काँग्रेस अझै अनिर्णित देखिएको छ ।

शनिबार बसेको काँग्रेसको संसदीय दलको बैठकले पुष २६ गते विहान मात्र विश्वासको मत सम्बन्धमा निर्णय गर्ने निष्कर्ष निकालेको हो । बैठकले प्रतिनिधि सभाको पहिलो बैठकमा केके हुन्छन् र सांसदहरुले के गर्ने भन्नेबारेमा सांसदहरुलाई जानकारी गराएको काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिनुभयो ।

प्रमुख सचेतक लेखकले सिंगो पार्टी एकवद्ध भएर प्रतिनिधि सभामा सशक्त भुमिका निर्वाह गर्ने बताउनु भयो । बैठकले नेपाली काँग्रेसलाई सबैभन्दा ठूलो राजनीतिक दल बनाएको जनतालाई धन्यवाद दिएको छ भने संविधान सभा सदस्य प्रतिनिधि सभाको पूर्व सांसद झुलबहादुर आले र मैयादेवी श्रेष्ठप्रति शोक प्रश्ताव पारित गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);