वर्तमान गठबन्धनमाथि माधव नेपालको संका | ईमाउण्टेन समाचार

Our Network

साउन ४ २०८३, मंगलबार

वर्तमान गठबन्धनमाथि माधव नेपालको संका

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले देशको राजनीति, समाज र प्रशासनमा भएका चुनौतिहरुको सम्बोधन हुनेगरी वर्तमान सरकार अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ ।

नेपाल पत्रकार महासंघ भक्तपुरको २६ औं स्थापना दिवसको अवसरमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । अध्यक्ष नेपालले वर्तमान गठबन्धन कति दरिलो र कति टिकाउ छ भन्नेकुरा यसै भन्न नसकिने भन्दै मुुलुकमा राजनीतिक स्थायित्व हुनुपर्ने बताउनु भयो । सरकारले जनचाहनाअनुसार आफ्नो काम र जिम्मेवारी पूरा गर्नुपर्ने उहाँको भनाइ थियो । अध्यक्ष नेपालले पदमा को बस्छ भन्नेकुरा महत्वपूर्ण नभएको भन्दै पदमा रहनेले के गर्छ भन्नेतर्फ ध्यान दिनुपर्ने बताउनुभयो ।

अध्यक्ष नेपालले जनतामा राजनीतिप्रति नै वितृष्णा पैदा भइरहेको भन्दै नागरिकमा राजनीतिक दलहरुप्रतिको विश्वास हराउँदै जानु दुःखद् भएको टिप्पणी गर्नुभयो ।

Leave a Reply