सर्वोच्च बारको अध्यक्षमा लोकतान्त्रिक समूहका निरौला निर्वाचित, उपाध्यक्षमा कपिलचन्द्र पोखरेल | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

सर्वोच्च बारको अध्यक्षमा लोकतान्त्रिक समूहका निरौला निर्वाचित, उपाध्यक्षमा कपिलचन्द्र पोखरेल

काठमाडौं । सर्वोच्च बार एशोसिएसनको अध्यक्षमा वरिष्ठ अधिवक्ता हरिशंकर निरौला निर्वाचित भएका छन् ।

बृहत लोकतान्त्रिक समावेशी, पेशागत कानुन व्यवसायी समूहबाट उम्मेद्वारी दिएका निरौलाले प्रगतिशील, पेशागत तथा गणतान्त्रिक, लोकतान्त्रिक,समाजवादी र समावेशी कानुन व्यवसायी समूहका वरिष्ठ अधिवक्ता तुलसी भट्टलाई पराजित गर्दै निर्वाचित भएका हुन् । निरौलाले २८९ मत पाउँदा भट्टले २७५ मत ल्याए । उनीहरुबीचको मतान्तर १४ रहेको छ ।

यसैगरि उपाध्यक्षमा लोकतान्त्रिक समूहका अधिवक्ता जगदिशचन्द्र पाण्डे निर्वाचित भएका छन् । सचिवमा प्रगतिशील समूहका श्यामकुमार खत्री, सहसचिवमा लोकतान्त्रिक समूहका सुजन लोप्चनले जितेका छन् ।

साथै, कोषाध्यक्षमा प्रगतिशील समूहका कपिलचन्द्र पोखरेल निर्वाचित भएका छन् भने सदस्यमा सिर्जना कडेल, उत्त मराज पाठक, भीमप्रसाद ढकाल, रुपनारायण श्रेष्ठ, डा. रेशमराज रेग्मी, रामबहादुर राउत, सुमनकुमार केसी र प्रभुजी पन्त निर्वाचित भएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);