नेपाल बारको अध्यक्षमा प्रगतिशिलका चण्डेश्वर श्रेष्ठ विजयी | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

नेपाल बारको अध्यक्षमा प्रगतिशिलका चण्डेश्वर श्रेष्ठ विजयी

काठमाडौं, २१ चैत । कानून व्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसिएशनको अध्यक्षमा चण्डेश्वर श्रेष्ठ विजयी भएका छन् । बारको विहीवार सम्पन्न मतगणनामा प्रगतिशील, पेशागत तथा समावेशी समूहका उम्मेदवार श्रेष्ठ विजयी भएका हुन् ।

उनले ४ हजार २२ मत प्राप्त गरेका छन् । श्रेष्ठले लोकतान्त्रिक समूहका अध्यक्षका उम्मेदवार सुनिलकुमार पोखरेललाई १ सय ४९ मतको अन्तरले पराजित गरेका थिए ।

त्यसैगरी महासचिवमा भने लोकतान्त्रिक समूहका उम्मेदवार लिलामणी पौडेल विजयी भएका छन् । अन्य अधिकांश पदमा प्रगतिशील समूहकै उम्मेदवार विजयी भएको निर्बाचन समितीले जनाएको जनाएको छ । बारको २५औं केन्द्रीय कार्यसमितिका लागि गत शनिबार निर्वाचन सम्पन्न भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);