रास्वपाको संयुक्त बैठक जारी, सरकारबाट बाहिरिने संकेत | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

रास्वपाको संयुक्त बैठक जारी, सरकारबाट बाहिरिने संकेत

काठमाडौं । सरकारमा सहभागिताका विषयमा निर्णय गर्नका लागि राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बसिरहेको छ ।

बैठक केन्द्रीय कार्यालय बसुन्धारामा जारी छ । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले सरकारमा सहभागिताका विषयमा निर्णय गर्नका लागि केन्द्रीय समिति र संसदीय दलको बैठक बोलाएको बताउनुभयो ।

सरकारमा सहभागी भएर पनि जनताका पक्षमा काम गर्न नसकेको विषयमा छलफल हुने उहाँको भनाइ छ । । पार्टी सभापति रवि लामिछानेले विगतमा गरेको त्रुटिलाई लिएर सर्वोच्चबाट फैसला आएको र त्यसलाई सुधार गर्दा पनि प्रधानमन्त्री पुष्पकमल दाहालबाट सकरात्मक सन्देश नपाएको पनि ढकालले बताउनुभयो ।

यसैबीच सभापति लामिछानेले सामाजिक सञ्जालमार्फत आफ्नो मौनता आजसम्मका लागि मात्र रहेको बताउनुभएको छ । आफूलाई भन्न, गर्न लेख्न बाँकी केही भए गरिहाल्न भन्दै उहाँले आफ्नो मौनता आज सम्मका लागि मात्रै हो भन्नुभएको छ । सामाजिक सञ्जालमा उहाँले लेख्नु भएको छ– म अभिमन्यु होइन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);