रास्वपाले सरकार छाडे के हुन्छ ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

रास्वपाले सरकार छाडे के हुन्छ ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक जारी छ । केन्द्रीय कार्यालय बसुन्धरामा जारी रहेको बैठक दिउँसो ४ः३० बजेबाट सुरु भएको हो ।

गृहमन्त्रालय दिन सरकारले आनाकानी गरेपछि रास्वपा सरकार छाड्ने मनस्थितीमा पुगेको हो । रास्वपा सरकार छाड्ने वा नछाड्ने भन्ने विषयमा गम्भिर छलफलमा रहेको छ ।

जारी बैठकमा रास्वपाका केहि सांसदहरुले सरकार छाड्न नहुने अडान राखेपछि बैठक लम्बिएको बुझिएको छ ।

रास्वपाले यदि सरकारलाई दिएको समर्थन फिर्ता लिए प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुनः विस्वासको मत लिनुपर्ने हुनेछ । संविधानको धारा १०० को उपधारा २ अनुसार प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागि दलले आफ्नो समर्थन फिर्ता लिएमा तीस दिन भित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधि सभा समक्ष प्रस्ताव राख्नुपर्नेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);