पत्रकार महासंघले शुक्रबार देशैभर प्रदर्शन गर्ने | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८०, सोमबार

पत्रकार महासंघले शुक्रबार देशैभर प्रदर्शन गर्ने

FNJ-Nepal-patrakar-mahasangh

काठमाडौं, २ जेठ । नेपाल पत्रकार महासंघले संसद्मा दर्ता भएको मिडिया काउन्सिलसम्बन्धी विधेयकको बिरोधमा शुक्रवार देशैभर प्रदर्शन गर्ने जनाएको छ । बिधेयक पुनः मस्यौदा गर्नुपर्ने माग गर्दै आन्दोलित बनेको महासंघले शुक्रबार संसद् भवन बाहिर र जिल्ला सदरमुकामहरुमा प्रदर्शन गर्ने महासंघद्वारा जारी बिज्ञप्तिमा जनाइएको छ ।

सरकारले ल्याएको विधेयकका प्रावधानहरुले मिडिया काउन्सिल सरकार नियन्त्रित अंगका रुपमा स्थापित गर्नुका साथै स्वतन्त्र पत्रकारितामाथि अंकुश लगाउने महासंघको निष्कर्ष छ ।

पहिलो चरणको आन्दोलन सुरु भएको एक सातासम्म पनि सम्बन्धित पक्षले मागको सुनुवाई नगरेकाले महासंघ थप आन्दोलित हुनुपर्ने परिस्थिति निर्माण भएको विज्ञप्तिमा उल्लेख छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);