भौतिक पूर्वाधारको क्षेत्रका गलत नीति सच्याउँदै अघि बढ्ने नवनियुक्त मन्त्री नेम्वाङको प्रतिवद्धता | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

भौतिक पूर्वाधारको क्षेत्रका गलत नीति सच्याउँदै अघि बढ्ने नवनियुक्त मन्त्री नेम्वाङको प्रतिवद्धता

नवनियुक्त भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङ

काठमाडौं, ५ मंसिर । नवनियुक्त भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङले भौतिक पूर्वाधारको क्षेत्रमा लिइएका गलत नीतिहरु सच्याउँदै अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।

नवनियुक्तमन्त्री नेम्वाङले काठमाडौंको सडकको समस्या चाँडोभन्दा चाँडो समाधान गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । बिहीबार दिउँसो सिंहदरबारमा पुगेर पदभार ग्रहण गरेलगत्तै उहाँले संचारकर्मीमाझ काठमाडौंको सडकको समस्या समाधान गर्न आफूलाई कठिन होलाजस्तो नलागेको प्रतिक्रिया पनि दिनु भयो ।

काठमाडौंको सडकको दूरावस्थाबारे आफू जानकार रहेकाले पनि सो समस्या समाधान गर्न समस्या नहुने नवनियुक्त मन्त्री नेम्वाङको भनाई छ । उहाँले पूर्वाधार निर्माणका आयोजनाहरुलाई तीव्रता दिने कामलाई आफूले प्राथमिकता दिने पनि बताउनु भयो ।

विगतमा मन्त्रालयमा भएका कामहरुको समिक्षा गर्दै अघि बढ्ने मन्त्री नेम्वाङको योजना छ । पदभार ग्रहण गर्नु अघि मन्त्री नेम्वाङलाई सचिव देवेन्द्र कार्कीलगायतका उच्च पदस्थ कर्मचारीहरुले स्वागत गरेका थिए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);