‘उच्च स्तरको कृषि अनुसन्धान केन्द्र नभएसम्म कृषिमा क्रान्ति हुँदैन’ | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

‘उच्च स्तरको कृषि अनुसन्धान केन्द्र नभएसम्म कृषिमा क्रान्ति हुँदैन’

काठमाडौं । कृषि विज्ञहरुले नेपालमा उच्च स्तरको कृषि अनुसन्धान केन्द्र नभएसम्म्म कृषिमा प्रगति नहुने बताएका छन् ।

उनीहरुले देशमा सेन्टर अफ एक्सलेन्सको रुपमा एउटा कृषि केन्द्रको आवश्यकता रहेको बताए । विश्वमा कुनैपनि देशले उच्चस्तरको अनुसन्धान केन्द्र नबनाइ कृषिमा क्रान्ति गर्न नसकेको उनीहरुको दाबी छ । जुन देशमा कृषि अनुसन्धानको उत्कृष्ट केन्द्र छ त्यो देशले कृषिमा तिब्र रुपमा क्रान्ति गरेको बताए ।

बुधवार ललितपुरमा भएको नेपाल कृषि अनुसन्धान परिषद् सेवानिवृत्त समाजको चौथो साधारण सभामा बोल्दै समाजका पूर्वकार्यकारी निर्देशक ध्रुव जोशीले नेपालमा उत्कृष्ट कृषि अनुसन्धान केन्द्र आवश्यक रहेको बताउनु भयो । उहाँले कृषि अनुसन्धानका लागि उत्कृष्ट अनुसन्धान केन्द्र नभएसम्म र अनुसन्धान केन्द्रले आफ्ना काम गर्न नपाएसम्म देशमा कृषिको विकास हुन नसक्ने बताउनु भयो ।

उहाँले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) मा भ्रष्टाचार व्याप्त भएको गुनासो गर्नुभयो । उहाँले नार्कमा आर्थिक चलखेलका साथै सरुवा, बढुवा र नियुक्तिमा पनि भ्रष्टाचार मौलाएको बताउनु भयो ।
कार्यक्रममा बोल्दै समाजका अध्यक्ष डा. आनन्दकुमार गौतमले नेपालमा कृषि अनुसन्धानको अवस्था चिन्ताजनक रहेको बताउनु भयो । उहाँले यही अवस्था रहने हो भने नेपालको कृषि अनुसन्धान मर्नसक्ने स्थिति रहेको बताउनु भयो ।

अध्यक्ष गौतमले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) नीति, नियमबाट सञ्चालन हुन नसकेको बताउनु भयो ।

 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);