सरकारद्वारा विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

सरकारद्वारा विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध

biplop

काठमाडौं, २९ फागुन । सरकारले विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाएको छ । मन्त्रीपरिषद्को मंगलबार साझ वसेको बैठकमा गृहमन्त्री रामवहादुर थापाले विप्लव समूहका गतिविधि अपराधिक भएकोले नियन्त्रण गर्नुपर्ने ठाडो प्रस्ताव लगेका थिए ।

प्रतिवन्ध लगाएसँगै उक्त पार्टीको नाममा कुनै कार्यक्रम तथा गतिविधी सञ्चालन गरे प्रहरीले विप्लव नेतृत्वको नेकपाका नेता कार्यकर्तालाई पक्राउ गर्ने जनाएको छ । मन्त्रीपरिषद बैठकले उक्त समूह राजनितिक उदेश्यभन्दा हिसांत्मक र आपराधिक ढंगले अघि वढेको भन्दै नियन्त्रण गर्नुपर्ने निश्कर्ष निकालेको हो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);