स्वर्ण मन्दिर नजिक तीनपटक विष्फोट | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

स्वर्ण मन्दिर नजिक तीनपटक विष्फोट

एजेन्सी, २८ वैशाख । पञ्जाबको अमृतसरस्थित स्वर्ण मन्दिरमा करिब ५ दिनमा तीन पटक विस्फोट भएको छ । बिहीबार बिहान १२ बजेर १० मिनेटमा स्वर्ण मन्दिरको लंगर हलमा विस्फोट भएको थियो । विष्फोटको आवाज सुनेपछि हलचल मच्चिएको थियो । स्वर्ण मन्दिर व्यवस्थापनले तत्कालै प्रहरीलाई खबर गरेको थियो ।

प्रहरीले राति नै त्यहाँ पुगेर विस्फोट भएको ठाउँलाई सिल गरेको थियो । फरेन्सिक टोलीले घटनास्थलबाट नमुना संकलन गरिरहेको छ । शंकास्पद २ जनालाई हिरासतमा राखेर सोधपुछ भइरहेको छ । यी केटा र केटीहरू सरायको २२५ नम्बर कोठामा बसिरहेका थिए । उनीहरुको साथबाट एउटा शंकास्पद झोला पनि बरामद भएको छ । दुवै गुरदासपुरका बासिन्दा हुन् । यसअघि शनिबार र सोमबार विष्फोट हुने गरेको छ । यसमा कम घनत्वको कच्चा बम प्रयोग गरिएको थियो।

स्रोतका अनुसार प्रहरीले घटनास्थलबाट एउटा चिठ्ठी पनि प्राप्त गरेको छ । त्यसलाई प्रहरी अधिकारीहरुले नियन्त्रणमा लिएका छन् । यद्यपी यस पत्रमा के लेखिएको छ र विष्फोटसँग सम्बन्धित छ वा छैन भन्नेबारे प्रहरी अधिकारीले भने केही भनेका छैनन् ।

पहिलो विष्फोट मे ६ मा राति १२ बजे हेरिटेज स्ट्रिटमा भएको थियो । जसका कारण सारागढी पार्किङका झ्यालका सिसा चारैतिर फैलिएको थियो । ५ देखि ६ जना भक्त घाइते भएका छन् । दोस्रो विस्फोट मे ८ मा बिहान ६.३० बजे स्वर्ण मन्दिरबाट ८०० मिटर टाढा हेरिटेज स्ट्रिटमा भएको थियो । कोल्ड ड्रिंकको टिनमा बम राखेर बम राखिएको प्रहरीले जनाएको छ । यसमा कसैलाई हानी भएको छैन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);