इलामस्थित एनसेल टावरमा बम विस्फोट | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

इलामस्थित एनसेल टावरमा बम विस्फोट

bomb-blast

इलाम, २९ पुस । इलामको जितपुर अजम्बरे डाँडामा रहेको एनसेल टावरमा बम विस्फोट भएको छ । सोमबार राति इलाम देउमाई नगरपालिका–७ मा रहेको एनसेल टावरमा गएराति अज्ञात समूहले बम विस्फोट गराइएको हो ।

बम विस्फोटबाट टावर पूर्ण रुपमा क्षति भएको जितपुर प्रहरी चौकीले जनाएको छ । प्रहरीका अनुसार टावरका लागि प्रयोग हुने जेनेरेटर सहित अन्य सामग्री ध्वस्त भएको छ । घटनास्थल नजिकै अर्को सुतली बम र तार समेत फेला परेको छ । फेला परेको सुतली बम नेपाली सेनाको बम निश्क्रिय टोलीले गराइ सकेको प्रहरीले जनाएको छ ।

बिस्फोटको आवाज सुनेर स्थानीयले प्रहरीलाई खवर गरेका थिए । विस्फोट कसले गराएको भन्नेबारे समेत खोजी सुरु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);