एनसेल गेटमा बम विस्फोट, एककाे मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

एनसेल गेटमा बम विस्फोट, एककाे मृत्यु

Ncell-logo

काठमाडौं, ११ फागुन । नख्खुस्थित एनसेल कार्यालयको गेट अगाडि शुक्रबार राति भएको बम विस्फोटमा घाइते मध्ये एकजनाको मृत्यु भएको छ ।

लमजुङ घर भई ललितपुरको भैसेपाटी बस्दै आएका ४९ वर्षीय सिंहप्रसाद गुरुङको मेडिसिटी अस्पतालमा उपचारका क्रममा शुक्रबार राति मृत्यु भएको हो ।

घटनामा ललितपुर ४ बागडोल बस्ने २६ को प्रतिक्षा खड्का र काभ्रेको बनेपा घर भई मेडिसिटी अस्पतालमा स्टाफ नर्स रहेकी २५ वर्षीया उरुशा मानन्धरको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

शुक्रबार करिब साढे आठ बजे नख्खुस्थित एनसेल गेटमा बम विस्फोट भएको हो ।महानगरीय प्रहरी परिसरका एसएसपी रबिन्द्रबहादुर धानुकका अनुसार बम बिष्फोट गराउने घटनामा संलग्नको खोजी भइरहेको बताए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);