नख्खु बमकाण्ड : घाइतेको उपचारमा लाग्ने सम्पूर्ण खर्च सरकारले बेहोर्ने | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

नख्खु बमकाण्ड : घाइतेको उपचारमा लाग्ने सम्पूर्ण खर्च सरकारले बेहोर्ने

काठमाडौं, ११ फागुन । गृहमन्त्री रामबहादुर थापाले ललितपुरको नख्खुस्थित एनसेलको मुख्यालय अगाडि गराइएको बम बिष्फोटनमा घाइतेहरुलाई भेटेका छन् ।

गृहमन्त्री थापाले घाइते प्रतिक्षा खड्का र उषा मानन्धर तथा उनीहरुका परिवारलाई भैंसेपाटी स्थित मेडिसिटी अस्पतालमा पुगेर भेटघाट गरेका हुन् । भेटघाटका क्रममा गृहमन्त्री थापाले घाइतेको उपचारमा लाग्ने सम्पूर्ण खर्च सरकारले बेहोर्ने बताएका छन् ।

घाइते र आफन्तलाई भेटेपछि गृहमन्त्री थापाले दोषीलाई कानुनको कठघरामा ल्याउने प्रतिवद्धता समेत जनाएका छन् । मन्त्री थापासंगै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल समेत अस्पताल पुगेका थिए ।

शुक्रबार बेलुका नख्खुस्थित एनसेल केन्द्रिय कार्यालय अगाडिको गेटमा अज्ञात समुहले बम विष्फोट गराउँदा प्रतिक्षा खड्का, उषा मानन्धर र सिंहप्रसाद गुरुङ घाईते भएका थिए । गुरुङको भने उपचारको क्रममा मृत्यु भईसकेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);