तीन दिनदेखि बेपत्ता पत्रकार बलराम बानियाँको शव फेला (भिडियो) | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

तीन दिनदेखि बेपत्ता पत्रकार बलराम बानियाँको शव फेला (भिडियो)

काठमाडौं, २८ साउन । पत्रकार तथा कान्तिपुर दैनिकका सहायक–सम्पादक बलराम बानियाँको निधन भएको छ । सोमबार दिउँसोदेखि बेपत्ता रहेका बानियाँ मकवानपुरको सिस्नेरीस्थित मान्डू जलविद्युत् परियोजना क्षेत्र (बागमती) किनारमा मृत अवस्थामा शव फेला परेको हो ।

राजधानीको बल्खुचोकमा बागमती नदीमा बगेको अवस्थामा सोमबार करिब साढे तीन बजे एक युवा देखापरेको प्रहरी, स्थानीय र माउण्टेन टेलिभिजनकर्मीले देखेका थिए ।

खोलामा शव देखा परेको भन्दै प्रहरी र स्थानीयहरुले नदी किनारमा खोजिरहेका थिए तर भेलका कारण शव स्पष्ट रुपमा बगेको देखिएपनि उद्दारमा भने कठिनाई भएको थियो ।

बल्खुचोकदेखि चोभारसम्म सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीहरुले नदीमा बगेको व्यक्तिलाई उद्दार गर्न पछ्याइरहेका थिए तर नदी बहाव बढी भएका कारण निकाल्न सकिएको थिएन । यदपी त्यसबेला परिचय भने खुलेको थिए ।

शव बगाएको र खोजी कार्य जारी रहेकै समय माउण्टेन टेलिभिजन सहकर्मीसमेत उक्त स्थानमा पुगेका थिए तर उद्दार र पहिचान नभएका कारण स्पष्ट रुपमा त्यसको समाचार सम्पेष्ण भने हुन सकेन । संयोगवस उक्त समयमा बगेको शव पत्रकार बानियाँको भएको प्रहरीले आज पु्ष्टि गरेको छ ।

बानियाँ पछिल्लोपटक एक दशकभन्दा अघिदेखि कान्तिपुरमा कार्यरत थिए । त्यसअघि पनि उनले कान्तिपुर, नागरिकलगायतमा सम्बद्ध रही पत्रकारिता गरेका थिए ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);