बालकको शव फेला | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

बालकको शव फेला

woman dead

पाल्पा, ७ जेठ । गत आइतबार कालीगण्डकीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका २ बालक मध्ये १ बालकको शव फेला परेको छ । जिल्लाको रामपुर नगरपालिका १० मलौटे घाटबाट बेपत्ता भएका मध्ये रामपुर १० सिकोडाँडाका रेशम भट्टराईको छोरा १० वर्षिय सुनिल भट्टराईको शव चापाकोट नगरपालिका ७ वनकट्टा स्याङ्जामा शव फेला परेको हो ।

बुधबार नदीले किनारामा ल्याएर राखेको अवस्थामा माछा मार्न गएका स्थानयिहरुले शव देखेका थिए । त्यस पश्चात प्रहरीलाई खबर गरे पछि उनका आफन्तहरु पनि नदि किनारमा पुगेका थिए । उनको शव छ्दविछेद अवस्थामा रहेको र आफन्तले हातको औला मार्फत पहिचान गरेको इलाका प्रहरी कार्यालय रत्नपुरका प्रहरी निरीक्षक केदार पन्तले बताए ।

अर्का १० वर्षिय बालक समीर चापागाई अझै पनि बेपत्ता छन् । उनको पनि खोजी भैरहेको छ । आइतबार दिउँसो सुनिल र समीर सहित ५ बालकहरु दिउँसो १ बजे नदीमा पौडी खेल्न गएका थिए । पौडीने क्रममा दुवै जना वेपत्ता भएका हुन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);